नियम २२
गिरफ्तार गर्न सकिने

(१) संरक्षकबाट वारेण्ट प्राप्त गरी सहायक संरक्षक, वन्यजन्तु सुरक्षा गार्ड वा निकुञ्जका अन्य कर्मचारीले कुनै व्यक्तिलाई ऐनको बर्खिलाप काम गरेको अभियोगमा गरिफ्तार गर्न वा त्यस्तो व्यक्तिको घर, मालसामान वा सवारी साधनको खानतलासी लिन सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा विना वारेण्ट पनि सहायक संरक्षक, रेञ्जर वा जमदार दर्जासम्मका वन्यजन्तु सुरक्षा गार्डले अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सक्नेछ ।